हिपमत डटकम

बिहिबार, कार्तिक २७, २०७७ || 935  पटक पढिएको

नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ ।

प्रधानमन्त्री निवासमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

उनले प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको पनि जनाएका छन् ।

‘साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो । यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जानआउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन’, सल्लाहकार थापाले फेसबुकमा फोटोसहित राख्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!