हिपमत डटकम

बुधबार, कार्तिक २६, २०७७ || 824  पटक पढिएको

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी (नेकपा) विप्लव समूहमा आवद्ध काभ्रे धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ वर्षीय मधुसुदन बजगाईलाई प्रहरीले पक्रेको छ । बजगाई विप्लव समूहको जिल्ला कमिटी सदस्य हुन् ।

काभ्रेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरुलाई फोनबाट धाकधम्की दिई चन्दा मागेको आरोपमा बजगाईलाई गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गरिएको काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

पक्राउपछि बजगाईलाई प्रहरीले सोधपुछ गर्दा सोधिएको कुराको जवाफ नदिई उल्टै प्रहरी टोलीमाथि अपशब्द प्रयोग गरेको डीएसपी थापाले बताए । प्रहरीको काम कर्तव्यमा बाधा अवरोध सिर्जना गरेको डीएसपी थापाको भनाइ छ ।

पार्टीको निर्देशानुसार काम कारबाही गर्दै आएको बजगाईले प्रहरीसमक्ष बयान दिएका छन् ।

बजागाईविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्ध कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काभ्रेबाट म्याद थप भएको थापाले बताए । बजगाईलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!