हिपमत डटकम

बुधबार, कार्तिक २६, २०७७ || 978  पटक पढिएको

यौनसम्बन्ध स्थापित गर्नका लागि ब्ल्याकमेल गर्ने आफ्ना सहकर्मी डाक्टरलाई हत्या गरेर, टुक्राटुक्रा पारेर पकाउने नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

चीनको स्थानीय मिडियालाई उद्धृत गर्दै मिररडटकमले बताए अनुसार २५ वर्षीया ली फेङ्गपिङ्ग आफू कार्यरत अस्पतालका अर्थोपेडिक्सका उप–प्रमुख लुओ युआनजियानसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य भएकी थिइन् ।

स्रोतका अनुसार नर्स लीलाई जुवाको अत्यधिक लत लागेको थियो । जुवा खेल्नका लागि उनले सहकर्मी ती डाक्टरसँग उधारो लिएकी थिइन् तसर्थ उनलाई उधारो तिर्नका लागि डाक्टरले हप्तामा तीन पटक यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य पारेका थिए ।

रिपोर्टका अनुसार नर्स लीलाई सो कुरा चित्त बुझिरहेको थिएन तसर्थ उनले डाक्टरमाथि बदला लिने सोच बनाइन् ।

घटना युलिन पिपल्स अस्पतालको पछाडि रहेको नर्सको भाडाको घरमा मार्च २३ तारिखमा घटित भएको हो ।

प्रहरीका अनुसार लीले डाक्टरको हत्या गरेर शरीरका केही अंगलाई पकाएर ट्वाइलेटमा फ्लश गरेकी थिइन् । प्रहरीले लीको घरबाट डाक्टरको टुक्राटुक्रा पारेको शव निकालेको थियो ।

राज्य सञ्चालित पत्रिका सोहूका अनुसार लीलाई यो विभत्स हत्याका लागि मृत्युदण्डको सजाय तोकिएको छ । यसबाहेक लीमाथि ११ हजार पाउन्डको जरिवाना पनि तोकिएको छ । ली दक्षिण चीनको यूलिन शहरमा बस्छिन् । यद्यपि, उनलाई कहिले मृत्युदण्ड दिइनेछ, त्यो भने स्पष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!