हिपमत डटकम

मंगलबार, कार्तिक २५, २०७७ || 1001  पटक पढिएको

झापाको भद्रपुर नगरपालिका–८ स्थित सीमा क्षेत्रबाट अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको आतिसबाजी (पटका) बरामद गरिएको छ । मंगलबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।

भारतीय बजारबाट पटका खरिद गरि सीमा क्षेत्रमा लुकाई छिपाई राखिएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले सो मरिमाणको पटकाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले बताए ।

बरामद पटकाहरु आवश्यक अनुसन्धान तथा कानुनी कारबहाीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!