हिपमत डटकम

शनिबार, कार्तिक २२, २०७७ || 1210  पटक पढिएको

आयुर्वेदिक औषधि एवं उपायले एन्टिफंगल, जीवाणुरोधी, एन्टिसेप्टिक, एवं एनाल्जेसिकका रूपमा काम गर्दछ।

यिनैमध्ये एक हो ल्वाङ, जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा-३ एवं खनिजको राम्रो स्रोत हो। यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम गर्छ।

दैनिक खानपानमा मसलाको रूपमा प्रयोग गरिने ल्वाङलाई आयुर्वेदमा औषधिको रूपमा महत्व दिइन्छ।

राति सुत्नुअघि नियमित ल्वाङ सेवन गर्दा १० दिनभित्रै यसको फाइदा महसुस गर्न सकिन्छ । सुत्ने बेलामा ल्वाङ खाँदा शरीरमा आश्चर्यजनक फाइदा देखा पर्छ ।

थुप्रै प्राकृतिक औषधि ल्वाङबाट बनाइन्छन् । यसको तेल निकालेपछि पसलेहरू यसलाई बेच्नका लागि बजारमा ल्याउँछन्।

तपाईंले ल्वाङमा चाउरी परेको वा चिरा परेकोजस्तो पाउनुभयो, पुष्ट पाउनुभएन भने सम्झनुस् कि त्यसबाट तेल निकालिएको छ ।

त्यसलाई किनेर काम छैन किनभने त्यसले कुनै काम गर्दैन । ल्वाङको सबैभन्दा महत्वपूर्ण कुरा नै यसको तेल हो । तसर्थ तेलयुक्त ल्वाङबाट मात्रै इच्छित स्वास्थ्यलाभ लिन सकिन्छ ।

दैनिक एउटा ल्वाङ खानुका १० फाइदा

ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ । ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ । जान्नुहोस्, ल्वाङका यस्ता १० फाइदाहरु :

१. एसिडिटी – ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन ।

२. मुटुको समस्या – दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ ।

३. घाउ – ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।

४. रोगसँग लड्ने क्षमता – यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।

५. अनुहारमा चमक – दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।

६. नरम छाला – ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ ।

७. कमजोरी भगाउँछ – यसमा ‘पोटासियम’ हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ ।

८. आँखाका लागि – अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।

९. दाँत दुखाई – ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ ।

१०. पिनास – यसमा ‘युजेनल’ पाइन्छ । बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!