हिपमत डटकम

शनिबार, कार्तिक २२, २०७७ || 1451  पटक पढिएको

काठमाडौँ । एक महिलालाई विभिन्न प्रलोभानमा पारेर १० वर्षसम्म यौन शोषणपछि बेच्नेलाई प्रहरीले पक्रेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने ५५ वर्षीय गौतम लामालाई मानव बेचविखन ब्यूराले पक्राउ गरेको हो ।

विदेशमा आकर्षक रोजगारी दिलाईदिने वहानामा २३ वर्षीया महिलालाई लामाले भारतको दिल्ली हुँदै लेबनानको एक कोठीमा लगेर बेचेको अनुसन्धानबाट खुलेको छ । लामाले झुक्याएर १० वर्षसम्म ती महिलालाई प्रेमिका बनाएर यौन शोषण समेत गरेको खुलेको छ ।

गत बिहीबार लामालाई ललितपुर महालक्ष्मी नगरपालिकास्थित घरबाटै पक्राउ गरेको ब्यूरोले जनाएको छ । लामाविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामाले ती महिलालाई गत वर्ष जेठमा बेचेको र बेचिएकी महिलाको सकुशल उद्दार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!