हिपमत डटकम

शनिबार, कार्तिक २२, २०७७ || 815  पटक पढिएको

प्रहरीले काभ्रेको रोशी गाउँपालिका–११ भैँसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको हत्यामा संलग्न सन्तोष नेपालीलाई पक्राउ गरेको छ । बिसुङ्खेको शनिबार बिहान ढुंगा प्रहारबाट हत्या भएको थियो ।

आफ्नो बुबालाई बञ्चरो प्रहार गरेर घाइते बनाएको रिसमा सोही ठाउँका २४ वर्षीय सन्तोष नेपालीको ढुंगा प्रहारबाट बिसुङ्खेको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले जानकारी दिए ।

सामान्य विवादमा बिसुङ्खेले सन्तोषको ५५ वर्षीय बुबा खड्ग बहादुर नेपालीलाई बञ्चरो प्रहार गरेर गम्भीर घाइते बनाएको एसपी पौडेलले बताए । बुबालाई बञ्चरो प्रहार गरेको रिसमा सन्तोषले ढुंगा प्रहार गर्दा बिसुङ्खेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका खड्ग बहादुर नेपालीको काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल काभ्रेमा राखिएको छ । सन्तोषलाई हिरासतमा लिएर घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!