हिपमत डटकम

शनिबार, कार्तिक २२, २०७७ || 1222  पटक पढिएको

मानिसको छाला कालो वा गोरो किन हुन्छ ?मनुष्यको शरीरमा मेलेनिन नामक पदार्थ हुन्छ जसले छालाको रंग निर्धा्रित गर्छ । सूर्यको प्रकाशको पराबैजनी किरणको सम्पर्कमा आउँदा मेलेनिन शरीरको कोशिकाबाट अत्यधिक मात्रामा निस्कन्छ र छाला कालो हुन्छ । शरीरबाट मेलेनिन धेरै उत्पन्न नभएमा छाला गोरो हुन्छ । यही कारणले नै हामी गोरा र काला हुन्छौं । यसबाहेक छालाको कालो रंग शरीरमा फोलेट नामक भिटामिनलाई नष्ट हुनबाट रक्षा गर्छ । कालो छालाले सूर्यको कडा प्रकाशलाई शरीरभित्र जानबाट रोक्छ जसबाट भिटामिन डी ३ को उत्पादनमा प्रभाव पर्छ । चिसो ठाउँमा बस्ने मानिसमा भिटामिन डी ३ को कमी हुन्छ जसकारण उनीहरूको छालाको रंग सेतो हुन्छ ।

बच्चा कुपोषणको शिकार हुँदा उसका मांसपेशीहरू लगातार कमजोर हुँदै जान्छन् । यस्तो अवस्थामा बच्चाको शरीरमा भिटामिन डीको उत्पादन बन्द हुन्छ र छालाको रंग बदलिन्छ । अनि आनुवंशिक कारणले पनि छाला गोरो वा कालो हुने हो । आमाबुवाको जस्तो रंग छ, छोराछोरीको पनि त्यस्तै रंग हुन्छ । यसबाहेक वातावरणले पनि छाला कालो वा गोरो बनाउँछ । चिसो ठाउँका मानिस गोरा हुन्छन् भने तातो ठाउँका मानिस गहुँगोरा वा काला हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!