विराटनगर/शुक्रवार विराटनगरको कोभिड अस्पताल, नोवेल अस्पताल, कोशी कोभिड अस्पताल र धरानको वीपी प्रतिष्ठान कोभिड अस्पातालमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना महिला र एकजना पुरुष रहेको अस्पतालहरुले जानकारी दिएका हुन् ।
पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गत बुधबार अस्पताल भर्ना भएकी विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महिलाको उपचारको क्रममा न्युरो कोभिड अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार शुक्रबार बिहान १ बजेतिर महिलाको मृत्यु भएको हो । मृतकमा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको आचार्यले बताए ।
यसैगरी कोरोना संक्रमित विराटनगरकी ७२ बर्षिया महिलाको शुक्रबार विहान ७ः ३० बजे नोवेल अस्पतालमा मृत्यु भएको अस्पतालका प्रशासकिय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।
यता विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा एक महिलको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै धरानको वीपी प्रतिष्ठानस्थित कोभिड अस्पतालमा समेत दुईजना संक्रमितको मृत्यु भएको छ ।