हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 989  पटक पढिएको

छिमेकीसँग भागेको रिसमा सोलुखुम्बुमा पूर्वपतिले पत्नीको हत्या गरेका छन् । पत्नीको हत्या आरोपमा सोताङ गाउँपालिका–३ का २९ वर्षीय होमबहादुर राईलाई प्रहरीले पक्रेको छ ।

राईले आफ्नो भाइ पर्ने छिमेकीसँग भागेको थाहा पाएपछि २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

दुवै जनाको सम्बन्ध राम्रो नभएपछि सोमा केही महिना अघिदेखि माइत बस्दै आएकी थिइन् । माइतमा रहेकी सोमालाई भाउजु भन्दै आएका नन्दराज राईले गत वैशाखमा विवाह गरेर भगाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गर्ने होमबहादुर राई र नन्द राज राई छिमेकी हुन् ।

आफ्नो श्रीमतीलाई भगाएको थाहा पाएपछि रिसले नन्दराजकै घरमा पुगेर होमबहादुरले १९ कात्तिकमा सोमामाथि खुकरी प्रहार गरेको दर्नालले बताए । मृतककी एक छोरी छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आज होम बहादुरलाई जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!