हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 1138  पटक पढिएको

समयमा आउने पूर्णिमाकाे शास्त्र तथा पुराण हरुमा विशेष महत्व बताइएको छ । आश्विन १ गतेदेखि ३० गतेसम्म मलमासकाे समय चलिरहेकाे छ र यस समयमा पर्ने पूर्णिमाकाे अधिक महत्व रहेकाे शास्त्रमा उल्लेख गरिएको छ । यस्ताे समयमा गरिएका पुण्य कर्महरुबाट अधिक शुभ फल प्राप्त हुने बताइएको छ ।

आश्विन १५ गते बिहिवार मलमासकाे पूर्णिमा तिथि परेकाे छ । यस्ताे समयमा विशेषगरी माता लक्ष्मीलाई प्रसन्न बनाउन सकिने उल्लेख गरिएको छ । माता लक्ष्मीलाई प्रिय मालपुवा पकाएर कासकाे थालमा राखेर दानगरेमा घरमा लक्ष्मीकाे विशेष कृपा रहने उल्लेख गरिएको छ । यसरी नियम पूर्वक गरिएकाे उपाशनाले ऋणबाट पनि मुक्त हुने र लामाेसमयसम्म राेकिएका कार्यहरु सुचारु हुने बताईएकाे छ ।

मलमाकाे पूर्णिमामा यी कार्य गरेमा सम्पूर्ण मनाेकामना पूर्णहुने उल्लेख गरिएको छ ।१५ गते बिहिवार पूर्णिमाका दिन यदि पिपलकाे बाेटमा गुण या सख्खर चढाएमा सम्पूर्ण नवग्रह शान्ति हुनुका साथै वाहान सुख प्राप्तिको याेग निर्माण हुने उल्लेख गरिएको छ ।

यदि वैवाहिक जीवनमा केहि समस्या देखापरेकाे छ या अन्य कुनै समस्या भएमा यहीँ पूर्णिमाकाे राति चन्द्रमाकाे दर्शन गरि अर्घदान गरेमा सुमधुर सम्बन्ध कायम रहने उल्लेख गरिएको छ ।

यसैदिन ११ काैडा या गाेमतिचक्र लाई पुजा गरेर राताे कपडामा बाधेर तिजाेरी सेफ या पसलकाे मेन काउन्टरमा राखेमा येसकाे चमत्कारिक परिवर्तनका साथै व्यापार व्यवसाय साेचेअनुसार नै अगाडी बढ्ने उल्लेख गरिएको छ ।

प्रमाेशन तथा नाेकरिमा चाहेअनुसार सफलता प्राप्ति तथा प्रमाेशन राेकियेका हरुका लागि बिहिबार पूर्णिमाका दिन तीन आेटा पिपलकाे पातमा आफूले चाहेकाे कुरा लेखी आफूबस्ने आसनमुनी या सिरानी मुनि राखेमा १५ दिन भित्रमा कार्य सफल हुने उल्लेख गरिएको छ ।

पूर्णिमा देवता हरुकाे तिथि हाे भने आैशी पितृहरुकाे हाे । हरेक प्रकारका कार्य सिद्धिका लागि मलमासमा पर्ने पुर्णिमाकाे अत्याधिक महत्व वर्णन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!