हिपमत डटकम

बिहिबार, कार्तिक २०, २०७७ || 1267  पटक पढिएको

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृ’ता वस्थामा फेला परे पछि प्रहरीले घटनाको अनुसनधान सुरु गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

श्रीमानको बारेमा राम्रोसंग बुझ्न पनि नपाउँदै कलिलै उमेरमा विजयको श्रीमतिको सिन्दुर पुछिएको छ । प्रहरीले दुई जनाको शव फेला पारेको भएपछि घटनास्थलमा ३ वटा कट्टु फेला परेपछि घटना रहस्यमय भन्दै परिवारका सदस्यले शुष्म अनुसन्धानको माग गरेका छन् । निकै अप्ठेरो ठाउँमा रहेको पोखरीमा दुई जना मात्र जान नसक्ने भन्दै उनीहरुको ज्या’न लि’इ’एको हुनसक्ने आशंका परिवारको छ ।

जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।

प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डु’बेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृ’ता वस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । निधनको कारणबारे अनुसन्धान भइरहेको बताए ।

विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएको आमा टेकमाया शर्माले जानकारी दिए ।

दाजु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत र भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!