हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 1168  पटक पढिएको

हिन्दु शास्त्र अनुसार हिन्दु धर्मावलम्बीहरुले हरेक शुभ कार्य गर्दा शुभ मूहूर्त हेर्ने परम्परा रहेको छ ।

शुभ कामको लागि शुभ साइत जुराएर कामको सुरुवात गरे सफल हुने धार्मिक मान्यता रहेको कारण साइत जुराउने चलन रही आएको छ ।अशुभ समयमा शुभ काम थालियो भने काममा सफलता हैन असफलता प्राप्त हुने विश्वास रहेको छ ।

जुन बेला राहुको समय चलेको हुन्छ त्यो समयमा शुभ कार्य गर्न नहुने धार्मिक मान्यता रहेको छ । शनिग्रहपछि अशुभ मानिएको राहुको छायाँले गर्दा अशुभ फल प्राप्त हुने गर्दछ ।

हरेक दिन राहुको समय ९० मिनेट हुने भएकाले त्यो समयमा कार्य गर्नु शुभ मानिदैन् । सर्योदयदेखि लिएर सूर्यास्तसम्म आठौँ भागको स्वामीलाई राहु मानिन्छ । त्यसकारण हरेक दिन राहुको सयम चलेको बेला शुभ कार्य गर्न नहुने बताएको छ । जान्नुहोस् कुन समय हो त राहुको ।

१.आइतबार राहुकालको समय बेलुका ०४:४५ देखी ६:१५ बजेसम्म रहनेछ

२.सोमबार राहुकालको समय बिहान ०७ :४५ देखी ९:१५ बजेसम्म रहनेछ।

३. मंगलबार राहुकालको समय दिउसो ०३:१५ देखी ०४:४५ बजेसम्म रहनेछ।

४. बुधवार राहुकालको समय दिउसो १२:१५ देखी ०१:४५ बजेसम्म रहनेछ।

५.बिहिबार राहुकालको समय दिउसो ०१:४५ देखी ३:१५ बजेसम्म रहनेछ।

६.शुक्रवार राहुकालको समय बिहान १०:४५ देखी १२:१५ बजेसम्म रहनेछ।

७.शनिवार राहुकालको समय बिहान ९:१५ देखी १०:४५ बजेसम्म रहनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!