हिपमत डटकम

आइतबार, कार्तिक १६, २०७७ || 1550  पटक पढिएको

आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरु’द्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ ।वैद्यखानाका वरिष्ठ चिकि’त्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्माले बजारमा पाइने अनेक ब्रान्डका औषधिको भरपर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सक्ने प्रस्ट्याए । पूर्वीय सभ्यताबाट निर्देशित आम नेपालीका घरमा विविध जडीबुटी पाइने भए पनि त्यसको सही उपयोग गर्ने बानी छैन । चिकि’त्सक शर्माका अनुसार गाउँघरतिर प्रयोग हुने जडीबुटीको प्रयोगमा चेतना जगाउनुपर्छ ।

उनले सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सक्छौँ भने ।

यदि यी कच्चा पदार्थ सहजै उपलब्ध नभएको खण्डमा यिनै जडीबुटीका तव समावेश गरिएका औषधि वैद्यखानामा उपलब्ध रहेको उनले जानकारी दिए तर तिनको उपयोग गर्न चिकित्सकको सल्लाह लिनुपर्छ । त्योभन्दा बढी जनमानसमा लाभकारी र सहज रूपमा उपलब्ध हुने कच्चा जडीबुटीलाई प्राथमिकता दिनुपर्नेमा उनि जोड दिन्छन।

शर्माले आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसारका साथमा एक टुक्रा चन्दनको टुक्रा मिसाएर घरमै उमालेर बिहान बेलुका एक÷एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढ्छ, जुन ताजा हुन्छ र त्यसले दिने शक्ति शरीरले सहजै लिने जानकारी सुनाउछन ।

यदि भाइरल लागिसकेको अवस्था छ भने पनि त्यसले भाइरलको मात्रा घटाउन ठूलो मद्दत गर्छ । देखासिकी जङ्क फुड खाँदा, रहनसहनबाट प्रभावित हुँदा छिटो सङ्क्र’मणले छुन्छ । आफ्नै प्राकृतिक र स्वदेशी जीवनशैलीले मानव स्वास्थ्य बलियो बनाउन सकिने कुरा वैद्यखानाका विज्ञले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!