हिपमत डटकम

शनिबार, कार्तिक १५, २०७७ || 1124  पटक पढिएको

सुनवर्षी नगरपालिकाको उपमेयर मन्जु राईलाई कोरोना संक्रमण पुष्टि भएको छ। केहिदिनदेखी नियमित ज्वरो तथा खोकि लागेपछी उपचारकालागी बिराटनगर स्थित नोबेल अस्पतालमा आएर कोभिड परिक्षण गर्दा पोजेटिभ देखाएको राईले हिपमत डटकमलाई जानकरि दिनु भयो ।अहिले स्वास्थ्य अवस्था सामान्य रहेकोले घरमा नै बसेर उपचार गराईरएको राईले बताउनु भयो ।
मेरो रिपोर्ट पोजेटिभ आएपछि मेरो परिवारको सद्स्य तथा घरमा कामगर्ने सम्पुर्णको कोभिड परिक्षण गराउने तयारी रहेको उहाँले हिपमतलाई टेलिफोन मार्फत जानकारी दिनुभयो।

कोरोना भाईरसले अहिले बिकराल रुप धारण गरिसकेको छ । दैनिको हजारौको संख्यामा कोरोना संक्रमित थपिदै गएको छ । नेपाल भारत सिमासंग जोडिएको सुनवर्षी नगरपालिकामा कोरोनाको जोखिम उच्च छ । प्रदेश न -१ मा कोरोना संक्रमणको कारणले पहिलो मृत्यु सुनवर्षी नगरपालिका मै भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!