हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 1197  पटक पढिएको

जिल्लाको उत्तरी क्षेत्रका सीमा स्तम्भहरूको सुरक्षाका लागि गस्तीमा जाने सुरक्षाकर्मीको ज्यानको उच्च जोखिम हुने गरेको छ । हिल्साबाट किट क्षेत्रमा नेपाली भूभागमा पहिले भएको गोरेटो बाटो पहिरोले पुरिएपछि बाटो नहुँदा भीरबाट सीमा गस्तीमा पुग्नुपर्ने भएको छ ।
हप्ताको एक पटक हिल्साबाट किट क्षेत्रमा रहेका सीमा स्तम्भको निरीक्षण गर्न गस्ती जाँदा सुरक्षाकर्मीलाई भीरको बाटोमा ज्यान जोखिम उठाएर जानुपर्ने सीमा सुरक्षा पोस्ट हिल्साका सशस्त्र प्रहरी नायव निरीक्षक ईश्वरीराज न्यौपानेले जानकारी दिनुुभयो ।
एक किलोमिटर क्षेत्रमा भीरको बाटो सुरक्षाकर्मी हिँड्नु पर्छ । उहाँले भीरमुनि दुई देशको सिमाना पर्ने कर्णाली नदी किनाराको भीरको बाटोमा शरीर नै जिरिङ्ग हुने गरी चारै हात खुट्टा टेकेर गस्ती जानु परेको अनुुभव सुनाउनुयो । बर्खायाममा पहिरो खस्ने भएकाले गस्ती गर्न सकिने अवस्था नरहेको उहाँको भनाइ छ ।
यता सीमा प्रहरी चौकी हिल्साका इन्चार्ज प्रहरी नायव निरीक्षक जङ्गबहादुर आलेले अलि कति चिप्लिए कर्णाली नदीमा परिने बतानुुभयो । उहाँले गस्ती जाने दिन सुरक्षाकर्मीलाई निकै तनाव हुने बताउनुभयो । हिम्मत भएका सुरक्षाकर्मीले अन्य गस्तीमा जाने सहकर्मीलाई तानेर पनि लैजाने गरिएको उहाँ बताउनुहुन्छ ।
केही दिनअघि सीमा स्तम्भको अनुगमनमा जानु भएका कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बाटो निकै जोखिमपूर्ण रहेको बताउँदै उक्त क्षेत्रमा बाटो निर्माण गर्नुपर्ने अवस्था रहेको सरकारलाई सुुझाव दिनुुभयो । दुवै सुरक्षा निकाय इन्चार्जले सो क्षेत्रमा सडक निर्माणका लागि पहल गर्न तीनै तहका सरकारसँग आग्रह गर्नु भएको छ । यस क्षेत्रमा नेपाल र चीनको सिमानामा सातवटा सीमा स्तम्भ छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!