हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 499  पटक पढिएको

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेकामा नेपाललाई धन्यवाद दिँदै अमेरिकाले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!