नेपालमा पहिलो पटक लन्च हुन लागेको लक्जरी कार ‘बिएमडब्लु’ नेपालमा सार्वजनिक नहुँदै ६ वटा विक्री भएको छ ।
६ वटै गाडी डेलिभरी समेत भइसकेको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक रुपेश शर्मा भट्टले जानकारी दिए ।
बिएमडब्लु नेपालमा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले भित्राएको हो । त्यस्तै बुकिङको संख्या पनि राम्रो रहेको उनले बताए।
कम्पनीले बिएमडब्लुको शोरुम तिनकुनेमा बनाइरहेको छ । यो ग्रुपले यसअघि नेपालमा हुन्डाइको गाडी पनि बिक्री गर्दै आइरहेको छ।