निशान कंडेल

आइतबार, कार्तिक ०२, २०७७ || 903  पटक पढिएको

मोटरसाइकल गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकलाई घाँटी काटेर हत्या गरेको पाइएको छ । प्रहरी सहायक निरिक्षक गोविन्दको घाँटीमा चोट देखिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले बताए ।

शनिबार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट मोटरसाईकल लिएर गस्ती गएका विकको शव मोहना खोलामा फेला परेको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ११ जनालाई पक्रेको छ ।११ जना शंकास्पदलाई पक्रेर सोधपुछ गरिरहेका छौं एसएसपी सिंहले बताए । गोविन्दको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । सँगै गस्ती गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडाको इन्चार्ज रहेका गोविन्दले तस्करी विरुद्ध अपरेशन चलाइरहेका थिए । हत्यामा तस्कर समूहको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ‘तस्करबिरुद्ध एक्सन लिएको अवस्था थियो’ एसएसपी सिंहले भने– ‘बोर्डर एरिया भएकाले हत्यामा तस्कर समूहको हात हुनसक्ने सम्भावना छ, हामी अनुसन्धान गर्दै छौं ।’ प्रहरी चढेको मोटरसाइकल चौकीबाट साढे २ किलोमिटर पश्चिममा फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!