हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 599  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा चौतर्फी विकास गर्न खोजे पनि कोरोनाले केही समस्या ल्याएको बताएका छन्। हरेक दिन शिलान्यास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश नै विकासको बाटोमा अग्रसर भइरहेको बताएका हुन्। आइतबार भर्चुअल रूपमा भएको झापाको दमक अस्पताल भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यालयदेखि पूर्वपश्चिम रेलमार्गका काम भइरहेको बताए।

‘चौतर्फी रूपमा विकास गर्न खोजेको कोरोनाले समस्या ल्याएको छ। तर देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ,’ उनले भने, ‘अनेक ठाउँमा शिलान्यास भइरहेका छन्। विद्यालय, विश्वविद्यालय। बाटा। सरकारी भवन निर्माण भइरहेको छ।’

प्रधानमन्त्री ओलीले रेल ल्याइसकिएको पनि बताए।

‘नयाँ रेल ल्याइसकियो, छिटै सञ्चालनमा ल्याउँछौं,’ उनले भने, ‘सुरूङ मार्ग काम भइरहेको छ। जलमार्ग, नदीमार्थ र हवाइ मार्गका क्षेत्रमा ठूलो उन्नती भएको छ।’ प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विभानस्थल तयार भइरहेको पनि बताए।

‘पूर्वपश्चिम रेलमार्गको तयारी हुँदैछ। पूर्वपश्चिम राजमार्ग विस्तार भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विकासका प्रयास भइरहेको छ।’

उनले सरकारले कुरा मात्रै नभएर काम पनि गरेको बताए। ‘सरकारले कुरा मात्रै होइन काम पनि गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नकरात्मक प्रवृत्ति सुनेको हुन सक्छ। राम्रा कामबाट आत्तिएकाले त्यस्तो कुरा गरेका हुन सक्छन्। कोरोना धिमा गतिमा झारेपछि त्यस्ता तत्वले भन्ने मौका कम पाएका छन्।’ सुरूमा कोरोना नियन्त्रण गर्न सकिए पनि पछिल्लो अवस्थामा फैलिरहेको पनि प्रधानमन्त्री ओलीले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!