शुक्रबार, माघ ०३, २०७६ || 2320  पटक पढिएको

हिपमत डटकम
बाजुरा,३ माघ :वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको झैँ आवाज निस्क्यो । चारैतिर जमिन हल्लियो र कोलाहल मच्चियो । नजिकै छाप्रोले बनाईएको घर हल्लिन थाल्यो । वरपरका केही संरचनाहरुपनि हल्लीए झैँ भए ।

घर हल्लिएर र भत्किन थालेपछि केही घरबाट हामफालेर हातखुट्टा भाँचिएर भुइँमा पछारिए । कोही घर भत्किँदा घरभित्रै घाइते भए भने कोही हतारहतार दौडँदा लडेर घाइते भए ।
कोही विस्तारै झोला बोकेर निहुँरिदै सुरक्षित रुपमा घरबाट बाहिर निस्किए । कोही घरकै कुनामा हातले टाउको छोपेर गुडुल्की परेर बसे । यसले उनीहरुलाई टाउकोमा चोट लाग्नबाट जोगायो ।

घटना भएको केहीबेरमै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी,पत्रकार र रेडक्रसको टोली घटना स्थलमा आइपुग्यो । घाइतेको उद्धार गरेर प्राथमिक उपचारपछि व्याण्डेज बाँधिदिए ।
कोही भत्किएका संरचनाभित्र अरु मानिसहरु छन् कि भनेर खोज्न थाले भने कोही अझै घाइतेको उद्धार गर्दै थिए । उद्धारमा खटिएको टोलीले पहिला गम्भीर घाइते भएकालाई स्ट्रेचरमा राखेर स्वास्थ्य शिविर लगे ।स्वास्थ्य शिविरमा गम्भीर घाइते र बिरामीलाई एक ठाउँमा तथा सामान्य चोटपटक लागेकालाई अर्को ठाउँमा राखिएको थियो । जिल्ला प्रहरीका कार्यालयको टोलीले भत्केको घरको सुरक्षा दिए ।

तर, यो यथार्थपरक घटना वास्तविक थिएनन् । भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय बाजुराले भूकम्पीय जोखिम र सुरक्षाका बारेमा आयोजना गरेको डेमोन्स्ट्रेसन तथा अभ्यास थियो ।

स्थानीयलाई भुकम्प आउँदा र भूकम्पपछि कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा सचेत गराउन सो अभ्यासको आयोजना गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा रेडक्रसकर्मी र स्वास्थ्यकर्मीहरुले डेमो प्रदर्शन गरेका थिए ।
भुकम्पको समयमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुरा नागरिकहरुले प्रत्यक्ष देखेर सिकुन् भन्ने उद्देश्यले डेमो आयोजना गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!