अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माँग गर्दै साझा पार्टी मोरंगले बिराटनगरको ट्रफीक चौकमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
विगत २५ दिन देखि अनशनमा बस्नु भएका डा. केसीको स्वास्थ्य आवस्था नाजुक भइ रहेकोले वहाँको माँगलाई सम्बोधन गरी तात्काल अनशन तोडाएर जीवन रक्षा गर्नुपर्ने साझा पार्टीले सरकार संग माँग गरेका छन ।
चिकित्सा क्षेत्रमा भएको बेथिति हटाउन पटक–पटक अनशन बस्दा सरकारले विगतमा गरेका लिखित सम्झौता कार्यान्वयनमा नआएकोले डा.केसी १९ औं पटक अनशन बस्नु भएको छ । सरकारले यथासिघ्र डा. केसीको माँग सम्बोधन गरी वहाँको जीवन रक्षा गर्नु पर्ने मोरंग जिल्ला संमोजक अमलेश कर्णले सरकार संग माँग गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मानब अधिकारकर्मी डिग घिमीरेले अनसनरत डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकोले छिटो भन्दा छिटो माँग सम्बोधन गर्न सरकार संग माँग गरेका छन् । वहाँले यदि डा. केसीलई केही भयो भने जिउँदो डा.केसी भन्दा मरेका डा.केसी सरकारको लागि ठुलो चिन्ताको विषय हुने चेतावनी समेत दिएका छन् ।
कार्यक्रममा साझा पार्टी मोरंग जिल्ला सदस्य एवं निती तथा कार्यक्रम विभाग प्रमुख सुमन भगत, साझा पार्टी बिराटनगर महानगर कमिटि ईन्चाज सुभाष भारती सहितका नेताले आफ्नो मन्तव्य राखेका छन् । कार्यक्रममा प्रदेश नम्बर १ का साझा युवा संगठनका संयोजक सरोज नेपाल सहित दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!