आइतबार, आश्विन १८, २०७७ || 1048  पटक पढिएको

मोरङ बुढिगंगा-१ स्थितमा बस्ने ४२ बर्षीय कमल प्रसाद तावाहाङको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । हिजो राती सवाँ ९ बजे बुढिगंगा-१ राजमार्ग साईटमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए ।
घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक तावाहाङ सशस्त्र प्रहरी सहायक निरिक्षक रहेको खुल्न आएको छ ।

मृत तावाहाङ सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर आएको थिए । यता ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!