पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार शाहबाज गिलले पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज सर्रिफ र भारतीय प्रधानमन्त्रीबीच नेपालमागोप्य भेट भएको दाबी गरेका छन् । उनले नवाज सर्रिफ भारतसँग मिलेको आरोप लगाए । ‘यो भन्न सक्दिन कि नवाज सर्रिफ पाकिस्तान विरोधी हुन् । तर उनी एक संर्किण सोचका व्यापारी हुन् । के पाकिस्तानी व्यापारीले भारतीय प्रधानमन्त्रीसँग भेट्छ । नवाजले आफु प्रधानमन्त्री छँदा नेपालको राजधानी काठमाडौंमा मोदीसँग गोप्य भेटघाट गरेका थिए । उनले यस भेटको जानकारी विदेश मन्त्रालयलाई पनि दिएका थिएनन् ।’

सर्रिफविरुद्ध बेलायतमा पक्राउ पुर्जी जारी गराउने ईमरान नेतृत्वको पाकिस्तान सरकारको योजनामा अहिले झट्का लागेको छ । बेलायतले पाकिस्तानको आन्तरिक राजनीतिसँग जोडिएका विषयमा दख्खल दिन नमिल्ने जानकारी पाकिस्तानी अधिकारीलाई गराएको छ । गिलले भारतीयहरुसँग नवाज सर्रिफको व्यापारिक सम्बन्ध रहेको दाबी गरेका छन् । उनका अनुसार केही दिनअघिमात्रै लण्डनस्थित एक देशको दूतावासमा सर्रिफले भारतीयसँग बैठक गरेका थिए । दुई दिनअघि मात्रै इमरान खानले भारतसँग मिलेर पाकिस्तानी सेनालाई कमजोर बनाउने कोसिसमा सर्रिफ लागेको आरोप लगाएका थिए ।

लण्डनमा छन् नवाज
७० वर्षीय नवाज सर्रिफ गत वर्षको नोभेम्बरदेखि लण्डनमा उपचार गराइरहेका छन् । लाहोर हाईकोर्टले उनलाई केवल चार हप्ताका लागि देशबाहिर जान अनुमति दिएको थियो, तर उनी अहिलेसम्म फर्किएका छैनन् । अदालतले बारम्बार आदेश गर्दा पनि नवाज सुनुवाईका लागि पेश भएनन् । जसकारण, उनलाई भगौडा घोषित गरियो । अदालतले लण्डनस्थित पाकिस्तानी दूतावासमार्फत कुटनीतिक पहल गरेर सर्रिफविरुद्ध पक्राउ पुर्जी जारी गर्न विदेश मन्त्रालयलाई आदेश दिएको थियो ।

भ्रष्टाचार मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले २०१७ मा दोषी ठहर गरेपछि नवाजले प्रधानमन्त्री पदबाट राजिनामा गरेका थिए । २०१८ मा पाकिस्तानी सर्वोच्च अदालतले उनले कुनै पनि सार्वजनिक पद धारणा गर्न नमिल्ने तथा १० वर्ष जेल बस्नुपर्ने फैसला सुनाएको थियो ।

रातोपाटी बाट

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!