विश्वको दोस्रो ठूलो फेशन रिटेलर स्विडेनको ‘एच एण्ड एम’ले विभिन्न देशमा रहेका २ सय ५० भौतिक स्टोरहरु स्थायी रुपमा बन्द गर्ने भएकाे छ। एच एन्ड एमका अनुसार कोरोना महामारीका कारण ग्राहकहरु बढी अनलाइन बजारमा आकर्षित भएपछि भौतिक स्टोरहरु बन्द गर्न लागिएको हो। ती भौतिक स्टोरहरु अर्को वर्षदेखि बन्द गर्ने कम्पनीको योजना छ। यसको विश्वभर ५ हजार बढी भौतिक स्टोर छन्। कुन र कहाँको स्टोरहरु बन्द हुने निश्चित भइसकेको छैन।

एच एण्ड एमले बिबिसीलाई भनेको छ, ‘अहिले नै पूर्ण विवरण दिन गार्हो छ। देश र बजारअनुसार भौतिक स्टोर कटौती गरिन्छ। अहिले २ सय ५० स्टोर बन्द गर्ने निर्णय लिइएको छ।’ ‘कोरोना भाइरसका कारण ‘एच एण्ड एम’को व्यापार–व्यवसायमा गिरावट देखियो। सेप्टेम्बरदेखि यसले पुरानो गति समाउँदैछ। तर सन् २०१९ को सोही महिनाको तुलनामा यो वर्षको व्यापार ५ प्रतिशतले घटेको छ’, कम्पनीले भनेको छ।महामारीका कारण संसारका १ सय ६६ एच एण्ड एम स्टोरहरु बन्द छन्। केही सहरहरुमा स्टोर खोल्न अझै‌ँ प्रतिबन्ध लगाइएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!