बुधबार, आश्विन १४, २०७७ || 544  पटक पढिएको

चार महिनासम्म आन्तरिक विवादमा रुमलिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र पुनः मन्त्रीमण्डल पुनर्गठनको विषयलाई किचलो शुरु भएको छ ।

पार्टीको सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठनको एजेन्डा प्रवेश भएसँगै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक साता निरन्तरत छलफल हुँदा पनि सहमति जुट्न सकेको छैन ।

आन्तरिक विवाद समाधान गर्ने बुँदामध्ये मन्त्रिपरिषद् पुनर्गठन गर्ने समझदारी बनेको थियो । सोही समझदारी कार्यान्वयन गर्न मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य गरे पनि भागबण्डामा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली केही मन्त्रीलाई मात्र हटाएर बाँकी मन्त्रीहरूलाई निरन्तरता दिनुपर्ने पक्षमा भए पनि कार्यकारी अध्यक्ष प्रचण्डले दुई वर्ष मन्त्री भएका सबैलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउनुपर्ने अडान राख्नुभएको बताइएको छ । जसको कारण एक सातासम्म दैनिकरूपमा छलफल हुँदा पनि सहमतिको खाका फेला पर्न सकेको छैन ।

सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठनको एजेन्डाको बारेमा निर्णय नभए पनि अध्यक्षद्वय ओली र प्रचण्डले छलफल अगाडि बढाउनुभएको हो । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले र त्यसपछि बसेको सचिवालय बैठकले सरकारलाई थप प्रभावकारी बनाउन जरुरी रहेको निष्कर्ष निकाल्दै संघ र प्रदेश दुवैमा मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
मंंगलबार पनि ओली र प्रचण्डबीच मन्त्रीमण्डल पुनर्गठनको विषयमै केन्द्रित भएर छलफल भए पनि ठोस सहमति जुटन नसकेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!