फेन्च लिग बिजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) र मर्सेलीबीचको फुटबलमा खेलमैदान रणनभुमीमा परिणत भयो । नियमार समेत खेलेको खेलको अन्तिम समयमा मैदानमा कुटाकुटको अवस्था भएको थियो । मैदानमै कुटाकुट भएपछि रेफ्रीले पाँचजना खेलाडीलाई रातो कार्ड देखाएका थिए । रातो कार्ड पाउनेमा पिएसजीका तीन र मर्सेलीका दुईजना खेलाडी छन् । नियमारले एक खेलाडीलाई टाउकोमा पिटेको भिडियोमा देखिएपछि रेफ्रीले उनलाई पनि रातो कार्ड देखाएका थिए । खेलको शुरु देखि नै तनावको अवस्था देखिदै आएको थियो । दुवै टोलीका खेलाडीले एक अर्कामाथि फाउल हानिरहेका थिए । खेलमा मर्सेली १-० ले विजयी भएको थियो । पिएसजीले कडा आक्रमणहरु गरेपनि मर्सेलीले असफल पारिदिएको थियो