हिपमत डटकम
विराटनगर, २८ पौष: मदिरा व्यवसायी संघ प्रदेश नम्बर १ को १२ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
सुनसरीको सीतागञ्जस्तित एभरेष्ट साइन्स सेन्टरमा संघकमो वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले गर्नुभएको थियो । वार्षिकोत्सवलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लामाले मुलुकको राजस्वमा मदिरा व्यवसायको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मदिरा व्यवसायलाई नकारात्मक रुपमा हेर्ने गरेको आरोपसमेत लगाउनुभयो ।
मदिरा व्यवसायले राजस्वमा महत्वपूर्ण योगदान पु¥याए पनि राज्यले व्यवसायीलाई प्रोत्साहित गर्ने काम नगरेको अध्यक्ष लामाले बताउनुभयो । स्थानीय सरकारले राजस्व वृद्धि गर्दा व्यवसायीहरू पलायन हुनुपर्ने अवस्थामा पुगेको समेत उहाँले दुखेसो पोख्नुभयो । कार्यक्रममा संघका मोरङ अध्यक्ष अंशु बन्जाराले मदिरा व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संघका उपाध्यक्ष विनोद केसीले मदिरा व्यवसायीले राजस्वसँगै रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पु¥याएको दाबी गर्नुभयो । वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको संघका रुद्रप्रसाद कोइरालाले जानकारी दिनुभयो । वार्षिकोत्सवकै अवसरमा संघले वनभोजको समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!