हिपमत डटकम
काठमाडौँ ,२७ पौष :सगरमाथा क्षेत्रसहित पहिला वनस्पति नभएका हिमालयका उच्च स्थानहरूमा बोटबिरुवा फैलिन थालेको नयाँ अध्ययनले देखाएको छ।अध्ययनकर्ताहरूले पहिला बोटबिरुवा नभएका उचाइमा बोटबिरुवा देखिन थालेको बताएका हुन्।सो अध्ययनले विभिन्न क्षेत्रमा स्थायी रूपमा हिमनदी वा हिउँ हुने स्थानको पाँचदेखि १५ गुणा स्थानमा वनस्पति देखिएको देखाएको छ।वैज्ञानिकहरूले बढ्दो वनस्पतिले दक्षिण र दक्षिण-पूर्वी एशियामा करिब डेढ अर्ब मानिसहरूलाई हुने जलप्रणालीमा के असर पर्छ भन्ने स्पष्ट नभइसकेको बताएका छन्।यूकेको एक्सिटर विश्वविद्यालयका अध्ययनकर्ताहरूले सन् १९९३ देखि सन् २०१८ सम्मको भूउपग्रहको तथ्याङ्कमा आधारित भएर अध्ययन गरेका हुन्।
“सबैभन्दा बढी बढेको वनस्पति ५,००० देखि ५,५०० मिटरसम्मको उचाइमा देखिएका छन्,” प्रमुख अध्ययनकर्ता कारेन एन्डरसनले भनिन्।”माथिल्लो उचाइमा सम्म स्थानमा र तल्लो उचाइमा भीरमा वनस्पति बढेको देखिएको छ।”सो अध्ययन नासाको ल्यान्डस्याट भूउपग्रहको तस्बिरमा आधारित रहेर ४,१५० र ६,००० मिटरको उचाइलाई चार भागमा विभाजन गरेर गरिएको थियो।अध्ययनमा पूर्वमा म्यान्मारदेखि पश्चिममा अफगानिस्तानसम्मको हिन्दू कुश हिमालयको विभिन्न स्थान समेटिएको छ।सो अध्ययनको निष्कर्ष ग्लोबल चेञ्ज बायोलोजी नामक जर्नलमा प्रकाशित भएको हो।
सगरमाथा क्षेत्रमा भने सबै उचाइमा वनस्पतिको उल्लेख्य वृद्धि भएको देखिएको छ।ती क्षेत्रका वनस्पतिहरू घाँस र साना बोटबिरुवा हुन्।हिमालयका हिमनदी र जल प्रणालीका बारेमा अध्ययन गरिरहेका अन्य वैज्ञानिकले पनि सो कुराको पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!