सोमबार, साउन २६, २०७७ || 597  पटक पढिएको

रुपन्देहीको सियारी गाउँपालिकामा हाँसीमजाकमै एकजनाको ज्यान गएको छ । वडानम्बर ३ सितापुर बस्ने ओमप्रकाश यादबले स्थानीय जंगबहादुर बेलदारलाई उचालेर पर्छादा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मादक पदार्थ सेवन गरी हाँसी मजाक गर्ने क्रममा उचालेर पछार्दा जंगबहादुर बेलदारको ढाड र कम्मरमा चोट लागेको थियो । त्यसपछि उपचारका लागि मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!