सोमबार, साउन २६, २०७७ || 659  पटक पढिएको

बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । बेलायतमा गत २४ घण्टामा १ हजार ६२ नयाँ संक्रमित फेला परेका समाचार एजेन्सी रोयटर्सले जनाएको छ । जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो । अघिल्लो दिन ७ सय ५८ जना नयाँ संक्रमित फेला परेका थिए । पछिल्लो तथ्यांकले बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको भनेर चिन्ता व्यक्त गरिएको छ । संक्रमण फैलिनबाट रोक्न बेलायत सरकारले केही स्थानमा लकडाउन गरेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा हालसम्म ३ लाख १२ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!