कोरोना भाइरस (कोभिड-१९) लाई नियन्त्रणमा लिन सफल भनेर नाम कमाएका जापान र अष्ट्रेलियामा पुनः कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् ।जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जापानमा कोरोना भाइरसका ४३० नयाँ संक्रमित फेला परेका छन् । जापानमा गत अपि्रल २४ पछि पहिलोपटक एकैदिन कोरोना भाइरसका चार सयभन्दा बढी संक्रमित फेला परेका हुन् । जापानमा नयाँ संक्रमित सबैभन्दा बढी राजधानी सहर टोकियोमा भेटिएका छन् । टोकियोमा पछिल्लो २४ घण्टामा २४३ नयाँ संक्रमित फेला परेका हुन् । टोकियोमा पहिलोपटक एकैदिन यति धेरै संक्रमित फेला परेका हुन् । अहिलेसम्म जापानमा कोरोना भाइरसका २१ हजार ८४१ संक्रमित फेला परेका छ् भने ९९५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो केही समयदेखि निरन्तर कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरसका २१६ नयाँ संक्रमित फेला परेका हुन् ।अघिल्लो दिन यो राज्यमा २८८ नयाँ संक्रमित फेला परेका थिए । भिक्टोरियाका पि्रमियर ड्यानिअल एन्ड्रयुले सञ्चारमाध्यमसँग कुरा गर्दै कोरोना भाइरसका संक्रमितको संख्या अझै बढ्ने बताएका छन् । भिक्टोरियामा कोरोना भाइरसको संक्रमित बढेसँगै यो राज्यमा ६ साताको लकडाउन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!