
सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलर सोमबार रिलिज भएको छ । ट्रेलरलाई लाखौंले मन पराएका छन् र यसैकारण यसले विश्व रेकर्ड बनाएको छ । वास्तवमा ‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेको छ ।

ट्रेलर रिलिन हुनु अघि नै ५५ हजार लाइक्स भिडियोले पाइसकेको थियो ।
फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ डायरेक्टर मुकेशश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यू गरिरहेका छन् । फिल्ममा सुशान्त सिंह राजपूत र संजना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका छ ।
#DilBecharaTrailer becomes the fastest Video in the world to cross 1 Million likes On Youtube in only 98 minutes. #DilBechara #SushanthSinghRajput #SanjanaSanghi pic.twitter.com/aX24uGvzi7
— Box Office (@Box_Office_BO) July 6, 2020