सोमबार, आषाढ २२, २०७७ || 1069  पटक पढिएको

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रको विकासका लागि निर्माताहरुले नव–कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने बताएकी छन् ।

यसो गर्न नसके चलचित्र क्षेत्रमा पढेलेखेका र योग्य कलाकारको खडेरी हुने उनको भनाइ छ ।

साम्राज्ञीले जोससँग सम्बन्ध छ भन्दै सामाजिक संजालमा सोमबार पोष्ट गरेको स्टाटसमा नेपाली चलचित्र क्षेत्रको विकासका लागि सबै निर्माता पक्षपातपूर्ण व्यवहार र गुटबन्दीबाट बाहिर निस्किनु पर्नेमा जोड दिएकी छन् ।

‘हालै नेपाली सिने जगतका एक वरिष्ठ कलाकार, निर्माता र निर्देशकले एक नवकलाकारले सामाजिक संजालमा दिएका अभिव्यक्ति प्रति आपत्ति जनाएर आफूले पनि सामाजिक संजालमा गर्नु भएको प्रतिक्रिया सन्दर्भमा’ भन्दै उनले लेख्न सुरु गरेको स्टाटसमा एउटा नवप्रवेशी कलाकारले आफ्ना सुरुको संघर्षका दिनहरूमा भोग्नुपर्ने अदृश्य उत्पीडन, वास्तविक अप्ठ्याराहरु र अभिव्यक्त गर्न नपाइने हो भन्दै प्रश्न समेत गरेकी छन् ।‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाइ होच्याएर सामाजिक संजाल अनेकथरी भन्नू कहाँसम्म उचित हो ? आफूलाई इज्जतदार ठान्नेले सामाजिक संजालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ ?’ उनले अभिनेता भुवन केसी प्रति लक्षित गर्दै अगाडि लेखेकी छन्, ‘तपाईँको बोलचाली र आनिबानीले तपाईंलाई समाजमा प्रतिबिम्बित गरेको हुन्छ ख्याल राख्नुस् !’

साम्राज्ञीको अभिनेता भुवन केसीले आफ्नो फिल्मको नाम बेचेर खाइरहेको भन्ने भनाइको समेत खण्डन गरेकी छन् । उनले त्यसको जवाफमा लेखेकी छन्, ‘कुनैपनि कलाकारले स्वयं उसले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ । जुनकुराको भुक्तभोगी तपाईं स्वयं हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछिका पाएको भन्ने तर्क बिल्कुलै मिल्दैन !’

नव–कलाकारलाई कम पारिश्रमिक दिएर बढी फाइदा लिने चलनको अन्त हुनुपर्नेमा समेत जोड दिएकी साम्राज्ञीले अभिनेता भुवनको कानुनी कारबाहीको चेतावनीमा समेत जवाफ दिएकी छन् ।

‘ देशको एक नागरिकको हिसाबले कसैले आफ्नो धारणा व्यक्त गर्न पाउनु उसको संविधान प्रदत्त मौलिक हक हो, त्यसमा कसैले बाधा अड्चन गरेमा स्वयं कानुनी कारवाहीमा पर्नसक्ने कुराको ज्ञान हुनु जरुरी पनि छ,’ उनले अगाडि लेखेकी छन् ‘आजका नारीहरु यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकुन् चाहे त्यो सामाजिक हिसाबले ले होस् या कानुनी हिसाबले ! आजका महिलाहरु हरेक हिसाबले सबल छन् भन्ने कुराको हेक्का राखौँ !’

https://www.facebook.com/SamragyeeRLShah/posts/3042825619097961

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!