विराटचौक–घिनाघाटसडक निर्माणमा ढिलासुस्ती गरेको आरोप लगाउदै ग्रामथानका सर्वसाधरणले सडकमै धान रोपाँई गरेका छन । ग्रामथान ६ का वडा अध्यक्ष सहित स्थानीय सर्वसाधारणले सरकारि ढिला सुस्तीले काम छिटो नहुदा सडकमा आवत जावत गर्न कठिनाई भएको बताउदै सडकमा आज ( आईतबार) धान रोपेका हुन ।
श्रेष्ठ रमण एप जेभि ६९ करोडमा तिन वर्ष भित्र निर्माण सम्पन्न हुनेगरी २०७६ सालमा संझौता भएको थियो । निर्माण कम्पनीले २०७८ सालमा सडक बनाई सक्नुपर्ने छ । तर बाटो हिलाम्य भएपनी सर्वसाधारणले सडक छिटो बनाउन माग गर्दै धान रोपेका हुन । सो सडकमा निर्माण सामाग्री ढुवानी गर्ने , ईन्धन बोक्ने सवारी साधनहरु विराटनगरबाट विराटचौक जाने गर्छन । सो सडकमा आवत जावत गर्ने सरकारी कर्मचारीहरु समेत आजित भएका छन । सडक हिड्नै नसक्नेगरी पानी जम्नुका साथै हिलो समेत जम्न थालेपछी सर्वसाधारणले पेन्टनै घुडाभन्दा माथि सुर्कीएर हिडनु परेपछी स्थानीय आजित हुदै आएका हिपमत डटकमसंगको कुराकानीमा बताए ।