बुधबार, आषाढ १७, २०७७ || 1475  पटक पढिएको

बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को मुख्य अभिनेता प्रदीप खड्काले कोरोना टेस्ट गराएका छन् । निर्माता, निर्देशक सन्तोष सेन र कार्यकारी निर्माता एवं सामाजिक अभियन्ता चक्र बहादुर चन्दसँगै अभिनेता खड्काले कोरोना टेस्ट गराएका हुन् । कोरोना महामारीको समयमा पनि ‘प्रेमगीत–३’को टिमले कोरोना संक्रमित विभिन्न क्षेत्रहरुमा सक्रिय रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको यो टिमको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ प्रर्दशनका क्रममा आएर रोकिन पुगेको थियो । त्यस्तै, ‘प्रेमगीत–३’को यस समूह अर्को प्रोजेक्टको तयारीमा जुटिरहेको पनि निर्माता-निर्देशक सेनले जानकारी गराएका छन् । ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!