पाकिस्तामा छापिने उर्दू पत्रिकामा यसहप्ता कोरोना भाइरसबाहेक इमरान खानले संसदमा दिएको एक बयान र भारत प्रशासित कश्मीरसँग जोडिएको खबर पनि चर्चित रह्यो । पत्रिका दुनियाँका अनुसार प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री मोदीमाथि हमला गर्दै ‘मोदी साधारण व्यक्ति नभई उनी मानसिक रोगी हुन् र भारतलाई विध्वंसतिर लगेको’ बताए । इमरान खानले पाँच अगस्ट अघि भारत प्रशासित कश्मीरको समस्यालाई संसारभरी उजागर गर्नका लागि भरपुर आन्दोलन चलाइने जानकारी दिए । इमरानले सो कुरा भारत–पाकिस्तान नियन्त्रण रेखामा बसेका मानिसहरुका लागि कल्याणकारी योजना ‘एहसास इमर्जेन्सी क्यास प्राग्राम’ को उद्घाटनका बेला गरेका हुन् । यो योजना अन्तर्गत नियन्त्रण रेखामा पाकिस्तानतर्फ बसेका एक लाख ३८ हजार परिवारलाई नगद सहायता दिइनेछ । इमरान खानले भने, ‘नरेन्द्र मोदी भारत प्रशासित कश्मीरमा नरसंहार गराउँदै छन् र अन्तर्राष्ट्रिय जगतले यसबारे थाहा पाउनुपर्छ । भारत प्रशासित कश्मीरका जनताको स्वतन्त्रताका लागि चलिरहेको संघर्षलाई शक्तिको आडमा दबाउन सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!