सोमबार, आषाढ ०८, २०७७ || 747  पटक पढिएको

उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् ।“उत्तर कोरियाले सीमा क्षेत्रका ‘सैन्य गतिविधि निषेधित’ कैयौँ स्थानमा ‘लाउडस्पिकर’ जडान गरी दक्षिण कोरिया विरोधी हल्लाहरू फैलाउने गरेको छ,” दक्षिण कोरियाली समाचार संस्था योन्हाप समाचार संस्थाले जोइन्ट चिफ अफ स्टाफका एक अधिकारीलाई उद्धृत गरी लेखेको छ ।उहाँले भन्नुभयो, “हामीले मनोवैज्ञानिक रूपमा युद्धको त्रास सिर्जना गर्ने उत्तर कोरियाका गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ । हामीले उच्च तयारीका साथ सम्भावित प्रतिकारको अवस्थामा बसेका छौँ ।” उत्तर कोरियाले गरेका गतिविधिलाई पछ्याउँदै दक्षिण कोरियाले पनि सीमा क्षेत्रमा ‘लाउडस्पिकर’ जडान गर्ने बिषयमा पुनः विचार गरिरहेको जनाएको छ । पछिल्ला दुई हप्तादेखि कोरियाली सीमा क्षेत्रमा भएका भड्काउने र उत्तेजित पार्ने खालका गतिविधिले कोरियाली प्रायदीप अशान्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!