शनिबार, जेठ ३१, २०७७ || 1029  पटक पढिएको

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर दउवाले राष्ट्रिय हितको सबालमा सबै नेपाली फेरीपनि एक भएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सभापति देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएको बताए ।

उनले नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलले समेत संविधानमा नक्सा संशोधनका लागि पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको बताए । त्यस्तै सबै पार्टीको समर्थन देखिएको र यसले राष्ट्रिय एकता, सार्वभौंमिकता र राष्ट्रिय अखण्डतामा सबै नेपाली एक छौं भन्ने स्पस्ट भएको बताए ।

उनले नक्सा पारित गर्न एक भएजस्तै भूमि फिर्ता ल्याउन पनि सम्पूर्ण नेपालीहरु एक हुने बताए । उनले कुटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन कांग्रेसले विपक्षी दलको हैसियतामा सहयोग गर्ने स्पस्ट पारे ।

उनले सुगौलीको सन्धी १८१६ अनुसार कालीदेखि पूर्वको भूभाग नेपालको भएके स्पस्ट भएको समेत बताए । यस्तै अंग्रेजले छापेको नक्सामा पनि कालीनदी भनिएको र चाइनिजमा पनि कुटियाङ्दी भन्ने शब्द रहेको र तयसको अर्थ पनि काली नदी भनने नै रहेकाले काली नदी भन्दा पूर्वको भूभाग नेपालको हो भन्ने स्पस्ट भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!