समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धी गर्दा राष्ट्रघात भएकोले जनतासँग कांग्रेस-कम्युनिष्टले माफी माग्नुपर्ने बताएका छन्।

महाकाली सन्धी हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै उनले त्यसबेला सांसद हुने र नेतृत्व गर्नेहरूले सुगौली सन्धीभन्दा पनि पछि हटेर महाकाली सन्धी गरेकोले माफी माग्नुपर्ने यादवको भनाइ छ।

शनिबार प्रतिनिधिसभा संसदमा संविधान संशोधन विधेयकमाथिको छलफलमा सांसद यादवले महाकाली सन्धी गर्दा सीमाबारे प्रष्ट खोजी किन गरिएन भन्ने प्रश्न गरे।

‘महाकाली सन्धी गर्दा जे गरिएको थियो त्यसको जवाफ दिनुपर्‍यो। कांग्रेस-कम्युनिष्टले माफी माग्नुपर्छ,’ उनले भने, ‘सुगौली सन्धीभन्दा पछि हटेर महाकाली सन्धी गर्‍या हो कि होइन? मधेशीलाई गाली गर्ने, राष्ट्रघाती भन्ने? अनि त्यसबेला सन्धी गर्नेहरूले माफी माग्नुपर्दैन?’

महाकाली सन्धी हुँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने एमालेका नेता केपी शर्मा ओली महाकाली सन्धी गर्न खुलेरै लागेका थिए। देउवा र ओलीतर्फ हेर्दै सांसद यादवले ‘राष्ट्रघात आफू गर्ने, मधेशीलाई राष्ट्रघाती भन्ने?’ प्रश्न पनि गरे।

उनले महाकाली सन्धी गर्दा काली नदीको मुहानबारे किन उल्लेख नगरिएको भन्ने प्रश्न पनि गरेका छन्।

यादवले आन्तरिक एकता बलियो बनाउन सुझाव दिए। ‘राष्ट्रियता र देशभक्ति हाम्रोमा बलियो छ,’ उनले भने, ‘संविधान संशोधन पारित गर्ने गरी पार्टीभित्र छलफल गरेका छौं।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!