शुक्रबार, जेठ ३०, २०७७ || 958  पटक पढिएको

सोलुखुम्बु महाकुलुङ गाँउपालिका-४ बाट आफ्नै बाबुको हत्या आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही ठाँउका १९ बर्षीय कुवेर राई रहेका छन ।

हिजो बेलुका साढे ८ बजे घरायसी बिषयमा ५७ बर्षीय सन्त कुमार राई र उनकै छोरा कुबेर बिच बादबिबाद भई झगडा हुदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्त कुमार राईलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि आफन्तले आज बिहान साढे ६ बजे ईलाका प्रहरी कार्यालय सोताङमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गई कुवेर राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!