शुक्रबार, जेठ ३०, २०७७ || 1195  पटक पढिएको

बलिउड अभिनेत्री जरिन खान लामो समयपछि फिल्‍म ‘हम भी अकेले तुम भी अकेले’ मा देखिँदै छिन्। यसपटक उनको रोल बिल्‍कुल फरक छ। फिल्ममा उनी लेस्बियनको भूमिकामा देखिने छिन्।
फिल्‍मको कथा ‘गे’ युवक वीर र लेस्बियन युवती मानसीको वरिपरि घुम्छ। उनीहरू एउटा सडक यात्रामा निस्केका हुन्छन्। उनीरूको उद्देश्य भारतमा होमोसेक्‍सुयालिटीको विषयमा सामाजिक पूर्वाग्रह र कलंकलाई चुनौती दिनु हो।

मूलधारका तमाम अभिनेत्री फिल्‍ममा होमोसेक्‍सुअलको अभिनय गर्न असहज महसुस गरिरहेको अवस्थामा जरिनले भने समाजमा रहेको गलत सोच परिवर्तन गर्न यो रोल चुनेकी हुन्। ‘अंग्रेजी में कहते हैं’ का निर्देशक हरिश व्‍यासले यो फिल्मको निर्देशन गरेका हुन्। फिल्‍मको सुटिङ दिल्‍ली, नोएडा र धर्मशालाको वरपर गरिएको छ। फिल्‍ममा अंशुमन झा मुख्य भूमिकामा छन्। उनले वीरको भूमिका निर्वाह गरेका छन्। यसका साथै उनी फिल्‍मका निर्माता पनि हुन्।

फिल्मका बारेमा जरिन भन्छिन्, ‘यो फिल्म वीर र मानसीको मित्रताको कथा हो। वीर गे हुन् र मानसी लेस्बियन। दुवै एक सडक यात्रामा निस्कन्छन्। त्यसबीचमा घट्ने घटनाले उनीहरूको जीवन बदलिदिन्छ। यो कथा मेरो मुटुको नजिक छ र यो हाम्रो समाजलाई सुनाउनु जरुरी छ। स्वतन्त्रता प्राप्त भएपछि पनि यहाँ धेरै यस्ता परिवार छन् जहाँ सेक्‍सुअल प्रशिक्षण मान्य छैन।’

‘फिल्‍मले उपदेश दिँदैन तर होमोसेक्‍सुयालिटीको विषय रोमाञ्चक तरिकाले प्रस्तुत छ’, उनले भनिन्। यसको प्रिमियर गत वर्ष नोभेम्बरमा न्‍युयोर्कको म्यानहटनमा आयोजित साउथ एसियन इन्टरनेसनल फिल्‍म फेस्टिभलमा भइसकेको छ। त्यहाँ फिल्मले बेस्‍ट फिल्‍मको अवार्ड पाएको थियो। यसका साथै यसै वर्ष जनवरीमा राजस्‍थान फिल्‍म फेस्टिभलमा पनि देखाइएको थियो। त्यहाँ यसले उत्कृष्ट निर्देशक उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएको थियो।

अहिले फिल्म डिजिटल माध्यमबाट रिलिजका लागि तयार छ। फिल्‍म मार्चमा रिलिज हुनुपर्ने थियो तर लकडाउनका कारण रिलिज हुन सकेन। अब निर्माताले फिल्म ओटीटी प्लेटफार्मबाट रिलिज निर्णय गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!