रुपन्देहीको कन्चन गाउपालिकामा बञ्चरो प्रहार गरी बाबुले छोराको हत्या गरेका छन् । कन्चन गाउँपालिका वडा नम्बर एकका रिमबहादुर कुमालले १७ वर्षीय छोरा सुजित कुमालको हत्या गरेका हुन् ।
गएराति घरमा सुतिरहेको अवस्थामा घरायसी झगडामा बाउले छोरालाई बञ्चरो प्रहार गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
बञ्चरो प्रहारबाट घाइते सुजितको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । रिम बहादुरलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।