मंगलबार, जेठ २०, २०७७ || 633  पटक पढिएको

इस्मा गाउँपालिका–१ हस्तीचौरकी कुमारी कुँवर ११ वर्षदेखि एकल हुनुहुन्छ । उहाँका श्रीमान् खड्गबहादुरको सुन्निने रोगले मृत्यु भएको थियो । उहाँका तीन छोरा छन् । छाक टार्न र छोरालाई पढाइ खर्च जुटाउन उहाँलाई धेरै आर्थिक चुनौतीको सामना गर्नुपरेको छ । सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ताले उहाँलाई राहत मिलेको छ । “कमाउने घरमुली नभएको बर्षौँ भयो, मजदुरी गरेर घर खर्च चलाउनुपरेको छ”, उहाँले भन्नुभयो, “चार महिनामा आएको आठ हजारले पनि ठूलो काम गर्दोरहेछ ।” स्थानीय ७० वर्षीय बोमी रेश्मीले यसवर्षदेखि पहिलोपटक समाजिक सुरक्षावापतको भत्ता बुझ्न थाल्नुभएको छ । यसअघि उहाँका पति हुमबहादुरले दुई वर्षअघिदेखि वृद्धभत्ता बुझ्दै आउनुभएको छ । पति र पत्नीले यसपटक चार महिनाको रु १२÷१२ हजारका दरले रु २४ हजार बुझ्नु भयो । यो रकमले अल्सरको शल्यक्रिया गर्नुभएका बोमबहादुरलाई वृद्धभत्ताले सहयोग पु¥यायो । उहाँले शल्यक्रियापछि नियमित औषधि र दैनिक नुन, तेललगायतका घर खर्चका लागि दुवै जनाको भत्ताले धेरै राहत भएकोे बताउनुभयो । “भत्ताले जीवन जिउन आत्मबल बढाएको छ, कसैसँग ऋण खोज्नुपरेको छैन”, उहाँले भन्नुभयो, “भत्ता बुढेसकालको सहारा बनेको छ ।” घरघरमै भत्ता गुल्मीको हस्तीचौरका ७२ वर्षीय ठानबहादुर सार्कीलाई आजभोलि सामान्य खर्चका लागि कसैको आस गर्नु पर्दैन । मासिक रु तीन हजारका दरले चार महिनामा रु १२ हजार एकैपटक आउँछ । भत्ताले मासु, घ्यू र अन्य खान मन लागेको किन्न पुग्छ । साथै कहिलेकाहीँ सामान्य बिरामी परे ऋण खोज्न वा छोराछोरीसग माग्न नपर्ने उहाँले बताउनुभयो । अहिले त झन् स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि उनीहरुले घरमै आएर भत्ता वितरण गर्ने गरेका छन् । “शुरुमा रातडाँडाबाट भत्ता बुझथ्यौँ”, उहाँले भन्नुभयो, “अहिले घरघरमै आएर दिन थालेकाले धेरै सजिलो भएको छ ।” सामाजिक सुरक्षाभत्ताले धेरै वृद्धवृद्धाको जीविकोपार्जन र सामान्य औषधि उपचारमा सहयोग मिलेको छ । कमाइ नहुनेले घर खर्च धानेका छन् । कमाइ हुनेले पनि आफ्नो आवश्यकता पूरा गर्न सामाजिक सुरक्षाभत्ता खर्चने गरेका छन् । अहिले लकडाउन थपिँदै गएकाले कति विपन्न परिवार समस्यामा परेका छन् । न खाने अन्न, न त खर्च गर्ने पैसा । यो अवस्थामा ज्येष्ठ, ज्येष्ठ दलित, एकल महिला र शारिरीक अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताले निकै राहत पुु¥याएको छ । इस्मा गाउँपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता दुई चरणमा वितरण गरेको छ । बन्दाबन्दीको जारी रहँदा सामाजिक दूरीलाई समेत कायम गर्दै भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्तासँग जीविकोपार्जनको विषय जोडिएकाले बितरण गरिएको सामाजिक सुरक्षा वितरण समितिको संयोजक तथा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिनुभयो । सरकारले ज्येष्ठ नागरिको लागि मासिक रु तीन हजार, दलित ज्येष्ठ नागरिकका लागि मासिक रु दुई हजार, एकल तथा विधवाका लागि मासिक रु दुई हजार भत्ता उपलब्ध गराउँदै आएको छ । त्यस्तै दलित बालबालिकाका लागि रु ४००, पूर्ण अपाङ्गताका लागि रु तीन हजार र आंशिक अपाङ्गताका लागि रु एक हजार ६०० भत्ताको व्यवस्था गरिएको सो गाउँपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापाले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाका छ वटै वडामा गरेर एक हजार २२७ ज्येष्ठ नागरिक, ४२९ ज्येष्ठ दलित, ६२७ एकल, ४८ पूर्ण अपाङ्गता, ११७ आंशिक अपाङ्गता र ३८४ दलित बालबालिकालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको थापाले जानकारी दिनुभयो । बन्दाबन्दीकै अवधिमा मालिका र धुर्कोट गाउँपालिकाले पनि सुरक्षाभत्ता वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!