
पसिनाको गन्धसँग
धुवाँ र धुलोका कणसँग
लट्टा परेको कपाल र टालेको धोती
ठेला उठेका हातले समाल्दै
पानी रोटी उमाल्थिन अामा।

पढिरहेका साथीहरुलाई उराल्दै हिड्थ्यौ
कक्षा कोठामा ताला बन्दी र भाँडभैलो गर्थ्यौ
शिक्षाको धज्जी उडाएर
गुरुलाई ढुङ्गा प्रहार गर्थ्यौ
परीक्षाको कापी च्यात्थ्यौ
तिम्रो शिक्षा नबुझेको होर ??
देशको गहिराईसम्म
जरा गाडेर बसेको तानाशाह
यसैमा पिल्सिएका भोका नाङ्गा
जनताको अाक्रोस
सडक क्रन्ति र अान्दोलन
वली दानी र यसका उपलब्धिहरु
सडकमा पेटीमा रगत चढाउने
तिमी एक्लै थियौ र ??
अाज तिमी फोटो सेसन गर्दै हिन्छौ
गौरवका साथ स्ट्याटस लेख्छौ
तिमी जन्मेको पराले झुपडी
सार्वजनिक गर्छौ
अाफू र अाफ्ना वङ्शको ईतिहास झल्काउँछौ
अाफूलाई शून्य डिग्रीमा झार्छौ थाहा छ।
तर जब तिमीले कुर्सी समातेयौ
देश विर्सियौ,हिजोको धरातल छाड्यौ
हामीलाई बिर्सियौ,तिम्रो भाषा, लवज ,
व्यवहार रातारात बदलियो
तिमीसँग जोडिएका धेरै विषय लुकायौ
दुई खाले कानुन बनायौ हामीलाई र तिमीलाई,
मुख्य शहरका दरबार लुकायौ
पजेरा ,विदेशी बैक खाता ,ठुला ठुला कम्पनिका अरबौँ लगानी लुकायौ
पृयसीको दाइजो बनायौ, कुकर्म छोपेयौ
रातारात कुबेर बनेयौ र हामीलाई पूजा गरेर भजन गाउन भनेयौ।
हामी भजन गाएर ,भेटी चढाएर अनि पूजा गरेर गलेका मान्छे
तिम्रो वास्तविक धरातल देखेका मान्छे
पाखुरीले बाँचेका मान्छे
मातृभूमिलाई माया गर्ने मान्छे
तिम्रो भजन केका निम्ति गाउने ???