आइतबार, पौष १३, २०७६ || 1079  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर,पौष १३: गायक राजिव लामाले लोक-पप भाकामा आधारित “सानीमाया” बोलको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । नयाँ बर्षको उपलक्ष्यमा संसार भरी छरिएर बसेका नेपाली संगीतप्रेमीलाई उपहार स्वरूप गीतको लिरिकल भिडियो गायक लामाको आफ्नै यूट्यूब च्यानल मार्फतसार्वजनिक गरिएको छ ।

जापानको बेस्त सहर नागोयालाई आधार बनाउदै बिगत १३ वर्ष अगाडी देखि बस्दै आएका चर्चित नेपाली गायक राजिव लामाले “ देउराली थानको मन्दिरमा”, “जाऊ जाऊ साथी रेलैमा” “वन लभ”, “टोक्यो शहरमा” , “हामी नेपाली” र “कान्छी सुनन” जस्ता चर्चित गीतहरुको सफलता पश्चात पुन: एकपटक छुट्टै जनरा लोक-पप “सानीमाया”बोलको गीत सार्वजनिक गरेका हुन् ।

यस गीतमा शब्द , संगीत र स्वर स्वयम् गायक राजिव लामाको रहेको छ भने गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन् ।गीतमा आफ्नै गाउँ-घर, भिर-पाखा, डाँडा-भन्ज्याङ र खोला-नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको सानीमाया लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ ।

जापानमा बसेर नेपाली गीतसंगीत र सिनेमालाई प्रमोट गर्दै आइरहेका लामा एक इभेन्ट म्यानेजर समेत हुन् । यसैक्रममा नयाँ वर्ष २०२०को उपलक्ष्यमा आउँदो जनवरी ४ तारिख लास्सो एभ्रेष्ट ईन्टरनेशनलले आयोजना गरेको “सरौतो फिल्मी एंड म्युजिकल कन्सर्ट”मा उनको प्रस्तुति रहेने छ । उक्त कार्यक्रममा अभिनेता तथा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा, सुमी मोक्तान र समिर तिमिल्सिनाको समेत सहभागिता र प्रस्तुति रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!