शनिबार, जेठ १०, २०७७ || 475  पटक पढिएको

बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गर्नुभएको हो । वडा नं ३ को ओख्लेटार गोलिवाङका १० घरधुरीमा शुक्रबारदेखि बिजुली बलेको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिनुभयो । कोभिड–१९ का कारण सरकारले लागू गरेको बन्दाबन्दीका बीच पनि केही बाँकी कामलाई निरन्तरता दिएर बत्ती बाल्न सफल भएको उहाँले बताउनुभयो । हालसम्म वडा नं ३ मा ९९ प्रतिशत घरमा बिजुली बलिसकेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । असार मसान्तसम्म शतप्रतिशत घरधुरीमा बिजुली बाल्ने लक्ष्यका साथ काम गरिरहे पनि बन्दाबन्दीले विद्युत् विस्तारमा समस्या सिर्जना भएको बताउनुभयो । गाउँमा पहिलोपटक विद्युत् पुगेपछि स्थानीयवासी खुशी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!