भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ । भारतमा कूल २ हजार ८७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन् । विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७०६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९८८ जना र १० हजार ५८५ जना कोरोना संक्रमित भेटिएका छन् । भारतीय राजधानी नयाँदिल्लीमा भने ९ हजार ३३३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!