
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी कोरोना भाइरसको संक्रमितको संख्या ४५,३१, ८११ पुगेको छ । आधिकारिक आंकडाका अनुसार कोभिड–१९ को महामारीका कारण अहिलेसम्म विश्वभर ३०७,००१ को मृत्यु भएको छ । यद्यपि, कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रमितको संख्या माथि उल्लेखित संख्याभन्दा बढी हुने बीबीसीले जनाएको छ ।
