पछिल्लो समय अभिनेता सबिन श्रेष्ठ चलचित्रबाट निकै टाढा रहेका छन् । चलचित्रबाट टाढा भएपनि सामाजि संजालमा भने उनि छाएकै हुन्छन् । केहि समय पहिला उनले नायिका अनु शाहसंग प्रेममा रहेको खुलासा गरेका थिए । श्रेष्ठले शाहसंगका तस्विर सामाजिक संजालमा शेयर गर्दै प्रेममा रहेका जानकारी गराएका थिए ।

बर्षौ देखि आफ्नो प्रेम गुपचुप राखेका उनिहरु दुबैले अहिले भने मुख खोलेका छन् । अभिनेत्री अनुले पनि सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दै सबिन श्रेष्ठसंगको प्रेम स्विकार गरेकी छिन् । अनुले सबिनसँगको भिडियो कलको तस्बिर सार्वजनिक गर्दै सबिनसँगको प्रेम सार्वजनिक गरेकी हुन् । एकैसाथ चलचित्रमा पनि अभिनय गरिसकेका यि दुबै चलचित्रका अवला म्युजिक भिडियोमा पनि देखा परेका छन् ।

लकडाउनका कारण घर भित्रै समय बिताएका अभिनेता सविनले हालै आफ्नो युट्युब च्यानलमार्फत फिट रहने तरिका बताइरहेका छन् ।उनले आफ्नो युट्युब मार्फत फिट रहने तरिका सिकाउदै केहि कुराको आग्रह समेत गरेका छन् । उनले सबै फ्यानलाई फिट रहनर नियमित व्यायम गर्न सिकाउदै लकडाउनको समयमा सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!